आदर्श मिश्रको 'एकादेशको सहर' सार्वजनिक (भिडियो)

फिल्मी फण्डा । कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत 'एकादेशको सहर'  सार्वजनिक भएको छ ।  गीतमा सुरज महर्जनको स्वर छ भने शब्द रचना र निर्देशन समेत मिश्रकै रहेको छ। संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई  विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।

आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech