अमेरिकी नागरिक ज्याकलिनले गाइन् ‘ए कान्छा एउटा कुरा सुनी देउ’ बोलको नेपाली गीत

फिल्मी फण्डा । अमेरिकी नागरिक टेक्सस निवासी  ज्याकलिनले नेपाली गीत गाएकी छिन्। सर्ट मूभी निमार्णका लागि नेपाल आएकी उनले ‘ए कान्छा एउटा कुरा सुनी देउ’ बोलको नेपाली गीत गाएकी हुन्।

गीतकार लोकराज अधिकारीको शब्द रहेकाे उक्त गितमा संगित गोबिन्द मधुरआचार्यको रहेको छ। 

म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको गीतमा पर्यटकले नेपाली सस्कृती, नेपाली भू-भाग , नेपाली  खाना,नेपाली पन र नेपाली मान्छे मन परेको भाव उल्लेख छ। ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन पनि हुन्। उनी सोमबार नै अमेरिका फर्केकी छिन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech