शिव परियारको ‘तिमी र म’ सार्वजनिक

काठमाडौँ– गायक शिव परियारको स्वर रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सागर फुयाँलको शब्द, गायक शिवकै सङ्गीत रहेको गीतमा एरेन्ज शशाङ्क सापकोटाको रहेको छ ।

रोमान्टिक शैलीमा तयार गीतमा रेखा लिम्बु, कुनसाङ बम्जन अभिनय छ । भिडियोमा गायक परियार समेत देखिएका छन् ।


हरि हुमागाईको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । 

https://youtu.be/cyCf2O8YMug

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech