फिल्मी फण्डा । सुहाना थापा ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म 'एक भगवत् गीता'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्म यहि भाद्र २९ गतेबाट रिलिज हुँदैछ ।
पहिलो पटक झरना थापा होम प्रोडक्शनमा निर्माण भएको फिल्ममा अभिनेत्री सुहाना थापा हावी देखिएकी छैन । फिल्ममा कमला माईको भुमिकामा देखिएका अभिनेता विपिन कार्की हावी भएको देखिन्छ ।
विशेषगरि उनकै पृष्ठभुमिका ट्रेलरलाई प्रस्तुत गरिएको छ । सुनिल कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन् । फिल्म, भगवत् गीताको ग्रन्थबाट प्रभावित छ की छैन भन्ने विषयमा निर्माण टिमले कुनै जानकारी गराएको छैन ।
''भगवान सबैको हुने भएकोल भगवान बुझ्ने र आफ्नो बुझाई र सिकाईबाट आफुले गर्ने कर्म फरक फरक भएकोले 'एक भगवत् गीता' पनि हाम्रो बुझाई अनुसारको एउटा काम हो ।'' –अभिनेत्री सुहाना थापाले भनीन् ।
‘एक भगवत् गीता’मा विपिन र सुहानासँगै कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रेअर राईलगायतको पनि अभिनय छ । फिल्ममा हर्कुलेस बस्नेत, आशिश अविरल र प्रवेश मालिकको संगीत रहेको छ ।
यस्तै कविराज गहतराजको कोरियोग्राफी, हिामाल केसीको एक्शन, शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर, मित्र डि. गुरुङको सम्पादन फिल्ममा छ । फिल्मलाई काठमाडौंमा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछ ।