प्रियंका, सुसान्त र कविता अभिनीत नयाँ गीत ‘ओइ नक्कले’ छिट्टै सार्वजनिक हुँदै

फिल्मी फण्डा। ‘द डिभाइन म्युजिक’ को प्रस्तुति रहेको नयाँ गीत ‘ओइ नक्कले’ छिट्टै सार्वजनिक हुँदैछ। मायाकल चन्दको निर्देशनमा तयार भएको यस गीतमा लोकप्रिय कलाकारहरू प्रियंका कार्की, सुसान्त कार्की र कविता नेपालीको अभिनय देख्न पाइनेछ।

गीतमा सुमन पण्डित ‘बैराे’ को शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ भने दुर्गा खरेल र प्रताप दासको स्वर रहेको छ। गीतलाई आदेश गुरमाछनले एरेञ्ज गरेका हुन्। भिडियोको कोरियोग्राफी सञ्जय विष्वकर्माले गरेका छन्।

गीतको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गर्न सम्पादन र रंग संयोजन शिलान लामिछानेले गरेका छन् भने छायांकन उत्सव दाहालले गरेका हुन्। पोस्टर र दृश्य संयोजनमा राकेश दाहालको समूहले काम गरेको छ।

प्रियंका, सुसान्त र कविताको फ्रेस अवतार र लोकेसनले गीतलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ। ‘ओइ नक्कले’ गीत चाँडै नै युट्युब, स्पोटिफाइ, रेसो, अमेजन प्राइम लगायतका डिजिटल प्लेटफर्महरूमा सार्वजनिक हुने जनाइएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech