फिल्म जुलेबीको विशेष शो सम्पन्न, मिडियाकर्मीको मिश्रित प्रतिक्रिया

फिल्मी फण्डा । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘जुलेबी’ को बिशेष शो शुक्रवार सम्पन्न भएको छ। विश्वज्योति सिनेमामा आयोजना गरिएको बिसेष शोमा संचारकर्मी तथा फिल्मका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।एक घण्टा ५२ मिनेट लामो फिल्म हेरेपछि  संचारकर्मीले मिश्रित प्रतिक्रिया दिएका थिए। 

रत्नपार्कको वरिपरि घुमेको कथाले एक पटक सबैलाई सोच्न बाध्य बनाउछ। ७ जना फरक फरक कलाकारको सम्बन्धको कथाले दर्शकलाई पनि पूर्ण मनोरंजन दिनेछ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा निकै कमजोर सुरुवात गरेको छ । फिल्मलाई लिएर निर्माण टिम माउथ पब्लिसिटीको भरमा रहेको छ ।

एन्थोलोजी जनरामा बनेको फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् भने निर्मात्री आभा शर्मा नेपाल हुन् । फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । 

फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech