फुर्सदमा हुनुहुन्छ ? हेर्नुहोस् यि पाँच साउथ फिल्म

फिल्मी फण्डा । फिल्म हाम्रो मनोरञ्जनको स्रोत हो । हामि मनोरञ्जनको लागि समय र पैसा खर्च गरी हलसम्म गर फिल्म हेर्छौं । कहिलेकाहिँ हामिले भरपुर मनोरञ्जन पाउँछौं भने कहिलेकाहिँ हलमा गएको समय र पैसा बर्बाद भएको महशुस गर्छौं । तर प्रविधिले पछिल्लो समय घरमै बसि बसि विभिन्न ओटिटि माध्यम र युट्यबमै फिल्म हेर्ने मिल्ने अवसर प्राप्त भएको छ । हामिले विभिन्न कारणले हलमा हेर्न नभ्याएका फिल्महरु घरमै बसि बसि हेर्न पाउँछौं । जसले गर्दा हामीलाई मन नपरेको फिल्म सहजै नहेरि छोड्न सक्छौं भने हाम्रो समय र पैसा पनि बर्बाद हुदैन । त्यसैले तपाईँहरूलाई म तपाईंकै मोबाइलमा उपलब्ध भएका ५ साउथ फिल्महरु हेर्न सुझाब दिन्छु । यदि फुर्सदमा हुनुहुन्छ भने तपाई यि फिल्महरु सजिलै हेर्न सक्नुहुनेछ । जसले तपाईलाई निरास बनाउँदैन । 

१. महर्षि 
२०१९ मा प्रदर्शन भएको तेलुगु फिल्म महर्षि अहिले हिन्दी भाषामा अफिसियल डब भैसकेको छ । तत्कालिन समयसम्म सुपरस्टार महेश बाबु को करियरकै सबैभन्दा धेरै कमाई गर्न सफल भएको फिल्ममा किसानहरुको महत्वलाई निकै भावनात्मक रुपमा देखाइएको छ । फिल्मले आफ्नै गाउँ, आफ्नै ठाउँ र आफ्नै देशमा मेहनत गरेर सफलता हासिल गर्न सकिने उदाहरण दिएको छ । महेश बाबुको अलावा पुजा हेगडे, अल्लारि नरेश, प्रकाश राज, जगपती बाबु लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्मलाई भाम्सि पैडिपल्ली ले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मलाई महेश बाबु र दिल राजुले मिलेर निर्माण गरेका हुन् भने डि एस पि ले म्युजिक दिएका हुन् । फिल्मलाई आइएम डि बि ले ७.२ रेटिङ दिएको छ भने ९.१ हजार जनाले भोटिङ गरेका छन् । 

२. अला वैकुण्ठपुररामुलु

तेलुगु भाषामा मात्रै हिसाब गर्ने हो भने अल्लु अर्जुनको करियरमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो अला वैकुण्ठपुररामुलु । पारिवारीक कथामा आधारित उक्त फिल्ममा दुइ परिवार बिचको सम्बन्धलाई असाधारण तरिकाले प्रस्तुत गरीएको छ । फिल्ममा अल्लु अर्जुनको अलावा पुजा हेगडे, तब्बु, सुशान्त, मुरली शर्मा, सुनिल, जयराम लगायत कलाकार रहेका छन् । स्टार निर्देशक त्रि विक्रम श्री निवासको लेखन तथा निर्देशन रहेको फिल्मलाई गीता आर्टस् र सितारा इन्टरटेन्मेन्ट मिलेर निर्माण गरेका हुन् । फिल्ममा एस थमनको म्युजिक रहेको छ । फिल्मलाई आइ एम डिबि ले ७.३ रेटिङ दिएको छ भने २२ हजार जनाले भोटिङ दिएका छन् ।

३. जनता गराज  

तेलुगु सुपर हिट फिल्म जनता गराज २०१६ मा प्रदर्शन भएको थियो । वातावरण प्रेमी परिवारको कहानी रहेको फिल्मले प्रकृतिको रक्षा गर्नु हरेक नागरिकको जिम्मेवारी हो भन्ने सन्देश दिने फिल्मले सामाजिक सन्देश सँगै पारिवारीक टसललाई पनि स्थान थिएको छ । कोरटला शिवाको लेखन तथा निर्देशन रहेको फिल्ममा जुनियर एन टि आर, मोहनलाल, समन्था, साई कुमार, नित्या मेनन, ब्रह्माजी लगायत कलाकारको मुख्य भुमिका रहेको छ । मयत्रि मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा डि एस पि को म्युजिक रहेको छ । फिल्मलाई आइ एम डि बि ले ७.२ रेटिङ दिएको छ भने ७.७ हजार जनाले भोटिङ गरेका छन् ।

४. रंगस्थलम् 

रंगस्थलम २०१८ मा प्रदर्शन भएको सस्पेन्स थ्रिलर फिल्म हो । फिल्म ग्रामिण परिवेशमा आधारित छ, यस फिल्मले तपाईलाई अन्तिम सम्म बाँधेर राख्नेछ । फिल्मको कथामा गजबको सस्पेन्स रहेको छ त्यसैले यहाँ कथाको बिषयमा चर्चा गर्न उपयुक्त नहोला । स्टार निर्देशक सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्ममा रामचरण, समन्था, जगपति बाबु, प्रकाशराज लगायत कलाकारको मुख्य भुमिका रहेको छ । मयत्रि मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा डि एस पि को म्युजिक रहेको छ । आइ एम डि बि ले ८.२ रेटिङ दिएको छ भने २५ हजार जनाले भोटिङ गरेका छन् । 

५. भिमला नायक

पावर स्टार पवन कल्यान अभिनित फिल्म भिमला नायकमा एक पुलिस र गुण्डा डन बिचको द्वन्द देखाइएको छ । फिल्ममा पवन कल्यानलाई बाहुवलीका भल्लालदेव अर्थात् राना धग्गुवतीले जबर्जस्त टक्कर दिएका छन् । पारिवारीक इमोसन र राजनितिक टकरावलाई स्थान दिइएको फिल्ममा पवन र रानाको अलावा नित्या मेनन, सम्युक्ता मेनन लगायत कलाकारको मुख्य भुमिका रहेको छ । सागर के चन्द्रा को निर्देशन तथा त्रि विक्रमको लेखन रहेको फिल्मलाई सितारा इन्टरटेन्मेन्टले निर्माण गरेको हो । फिल्ममा एस थमनको म्युजिक रहेको छ । फिल्मलाई आइ एम डि बि ले ६.३ रेटिङ दिएको छ भने ९.७ हजार जनाले भोटिङ गरेका छन् ।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech