फिल्म 'जुलेबी' रिभ्यु : पट्यार लाग्दो कथा, निर्देशकको काल्पनिक व्यथा

फिल्मी फण्डा । फिल्म यस्तै हुनुपर्छ या यस्तो चै हुनुहुँदैन भन्ने छैन, फिल्म कल्पना हो । तपाईंको कल्पना दर्शकले रुचाए भने फिल्म हिट हुन्छ, यदि रुचाएनन् भने फ्लप हुन्छ । यो सत्य सबैले बुझेकै छन् । त्यसैले म फिल्म कस्तो हुनुपर्छ भन्ने ज्ञान दिन सक्दिनँ । तर कसैको कल्पना कति खराब, कमजोर, या उत्कृष्ट या बलियो छ त्यो चै बताउँछु । तर पनि उक्त बिचार मेरो ब्यक्तिगत हुनेछ । यो अलग कुरा हो कि मेरो बिचार सँग टिकट काटेर फिल्म हेर्ने अधिकांश दर्शक सहमत हुने गरेका अनुभव छ म सँग । त्यसैले म मेरो अनुभवको आभारमा आज फिल्म जुलेबीको रिभ्यु गर्दै छु । यो रिभ्यु स्पोइलर सहित हुने छ । त्यसैले फिल्म हेर्न चाहेर अहिलेसम्म नहेर्नु भएका दर्शकले यो रिभ्यु नपढ्नु होला । 

जुलेबीलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्, गणेश देश पाण्डेले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा सुशिल सिटौला, सुरक्षा पन्त, उषा रजक, मोनिका थापा, तुफान थापा, पुस्कर कार्की र निशा अधिकारीको मुख्य भुमिका रहेको छ ।फिल्म जुलेबीमा ७ क्यारेक्टर हरु छन् फिल्म मार्फत् निर्देशक पाण्डेले आफ्नो सेक्सुएल फ्रस्टेश मात्रै निकाल्न खोजेको देखिन्छ, फिल्ममा देखाइएका दृश्य आखिर के का लागि थियो त्यो स्वयं पाण्डेलाई बाहेक अरुलाई न त थाहा छ न कसैले जान्न चाहेका छन् । बस् हेरे, रमाए अनि बिर्सिए । 

स्टोरी, स्क्रिन प्ले, डायलग
फिल्मको कथा सामान्य छ, जुलेवी अर्थात् गुलियो । यौवन गुलियो हुन्छ, त्यहि गुलियो यौवनमा युवा वर्ग कसरी भुल्छ र चुक्छ भन्ने जुलेबीले देखाउने प्रयास गरेको छ । फिल्मको पटकथा निकै स्लो छ, जम्मा १ घण्टा ५२ मिनेटको फिल्म हो जुलेबी, तै पनि पटकथा स्लो भएकै कारण लामो फिल्म जस्तो महसुश हुन्छ । यस्तो किसिमको कथामा १ घण्टा भन्दा लामो स्क्रिन प्ले निकै पट्यार लाग्दो हुन्छ । फिल्म अनावश्यक लम्बिएको छ । आर्टिस्टिक देखाउने चक्करमा पट्यार लाग्दो सिनहरु राखिएका छन् । वास्तवमा यस्तो स्क्रिन प्ले वेव सिरिजको लागि ठिक हुन्छ । निर्देशक पाण्डेले यहि कथामा सर्ट फिल्म बनाएको भए सायद उत्कृष्ट बनाउन सक्थ्यो । 
फिल्मको संवाद अर्थात् डायलग निकै कमजोर छन्, दर्शकमा कुनै प्रभाव छैन डाइलगको । उसै पनि फिल्ममा निकै कम डायलग छन् । फिल्ममा ७० प्रतिशत सिनहरुमा मौनतामै बितेका छन् । वास्तवमा ति दृश्यहरूमा चल्ने मौन संवाद निर्देशक पाण्डेको मानसिक खुराफात मात्रै हो । भएका डाइलगमा पनि कुनै भाव पैदा गर्न सकेका छैनन् पाण्डेले । अझै सुशिल सिटौलाले बोल्ने डायलग उनै पाण्डे बाहेक अरुलाई बुझ्न निकै गाह्रो पर्छ । 

म्युजिक 
फिल्ममा खासै म्युजिकको कुनै महत्व छैन, उसै पनि निर्देशक पाण्डेले म्युजिकको प्रयोग गर्न जानेको देखिदैन । ब्याक राउण्डमा बज्ने म्युजिक पनि त्यतिनै झुर छ । दर्शकलाई कतै प्रभाव पार्न सक्दैन । मानौं युट्युवमा फ्रि मा पाइने विजिएमलाई फिल्ममा राखिएको छ । 

एक्टिङ
फिल्मका मुख्य ७ क्यारेक्टर मध्ये सुरक्षा पन्तको क्यारेक्टरमा जीवन्त अभिनय रहेको छ । सुशिलको अभिनय पनि राम्रो रहेको छ । उनले आफ्नो क्यारेक्टरलाई उत्कृष्ट बनाउन सबै हद पार गरेका छन् । बाँकि कलाकारले गर्नु पर्ने केहिनै थिएन । त्यसैले उनिहरुको अभिनय ठिकठाक रहेको छ । निर्देशक पाण्डेले फिल्ममा निशा अधिकारी, उषा रजक र मोनिका थापालाई किस गर्ने, बेड सिन गर्ने बाहेक अरु सिनमा प्रयोग गर्नै सकेका छैनन् । उता तुफान थापा, पुस्कर कार्कीको भुमिका पनि उषा र मोनिका जस्तो रहेको छ । उनहरूले फिल्ममा कुनै यादगार काम गर्न सकेका छैनन् । फिल्ममा केटीको पछि दौडिने उनिहरुको काम रहेको छ ।

निर्देशन 
निर्देशक पाण्डेको निर्देशन निकै कमजोर रहेको छ । फिल्म हेर्दा लाग्छ कि उनलाई विशेष गरेर २ ओटा सेक्स सिन खिच्नु थियो । त्यसको लागि उनले २ घण्टाको फिल्म बनाएका हुन् । फिल्ममा प्रयोग गरीएको क्यारेक्टर किन काहा केका लागि के गर्दै छन् भन्ने अत्तोपत्तो छैन । उनीसँग कलाकारलाई बोल्न दिने डायलग पनि छैन । के बताउन खोजिरहेका छन् भन्ने पनि प्रष्ट पार्न सकिरहेका छैनन् । फिल्ममा एक फोटोग्राफरलाई देखाइएको छ । तिनको काम भनेको एक केटीको नांगो फोटो खिच्ने मात्रै रहेको छ, त्यसैले उनि दिन रात एउटै केटीको पछि लागिरहन्छन् । एक दिन ति केटीले फोटो खिच्न दिन्छिन् अनि केटी गायब हुन्छिन् । अब यि दुइ क्यारेक्टर फिल्ममा किन थिए, केका लागि थिए त ? सिर्फ त्यहि नांगो फोटो खिच्नको लागि मात्रै ? न त उनीहरु बिचको संवादलाई प्रभावकारी रुपामा प्रस्तुत गर्न सके, न त निचोड दिन । बरु निर्देशक पाण्डेले फिल्ममा माओवादीको एजेण्डा चै जवरजस्ती घुसाएका छन् । उनले ति महिला पात्रलाई द्वन्द कालीन समयमा सेना पिढितको रुपमा चित्रण गरेका छन् । 

मोनिका थापा र तुफान थापाको भुमिका पनि फिल्ममा सेक्स गर्नकै लागि प्रयोग गरीएको छ । मानौं युवा युवती एक आपसमा भेट्ना साथ ओछ्यानमा कुदिहाल्न चाहान्छन् । निर्देशक पाण्डेको यो अर्को खुराफात हो । युवा पुस्तालाई यसरी चित्रण गरिनु आफैमा आपत्तिजनक छ । त्यसमाथि पाण्डेको मानसिकतामै युवा युवती भेट्ना साथ सेक्स गर्न चाहान्छन् भन्ने सोच स्थापित भएको देखिन्छ । युवा युवतीमा धेरै किसिमको फिलिङस हुन्छ, ति बिषयलाई उठाउन पाण्डे चुकेका छन् । 

अन्तिममा 
फिल्म निकै खराब रहेको छ, निर्देशकिय पक्ष कमजोर रहेको छ । फिल्ममा कुनै मनोरञ्जन छैन, न कुनै म्यासेज रहेको छ । एक सर्ट फिल्मको कन्सेप्ट लाई फिल्मी रुप दिइएको छ । त्यसैले कलाकारको अभिनय र उठान गर्न खोजीएको कहानीलाई हेरेर फिल्म जुलेबीलाई म २ स्टार दिन चाहान्छु ।

बक्स अफिस 
यसै पनि फिल्म रिलिज भएको आज ६ दिन भैसकेको छ । फिल्मले अहिलेसम्म पोस्टर छापेको पैसापनि उठाउन सकेको छैन । त्यसैले यस फिल्मको बक्स अफिस स्टाटस डिजास्टर रहेको छ । 

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech