फिल्मी फण्डा। गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको जानै लाग्यो वैँश रिमई बोलको यो भिडियो सार्वजनिक गरिएको छ । विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न सकिन्छ ।
गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतको रहेको छ । गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।