चर्चित गायक बिश्वराम कार्कीको 'घुमी घुमी’ सार्वजनिक

फिल्मी फण्डा। चर्चित गायक बिश्वराम कार्कीको आवाजमा रहेको ‘घुमी घुमी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । कट्टा हान्दिन्छु,साईलो लगाएत विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर आवाजको घनिले भर्खरै मात्र ‘घुमी घुमी’ को म्यूजिक भिडियो बजारमा लिएर आएका छन् ।

गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने म्युजिक भिडियोमा बिक्रम चौहान, दिपा पनेरु र गायक बिश्वराम कार्कीको अभिनय रहेको छ।  बिक्रम चौहानले छायाङ्कन तथा निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ दिन्सन शाहले सम्पादन गरेका हुन्। बिश्वराम कार्कीको अफिसियल युटुव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech