गायिका श्रृंखला जोशीको नयाँ गीत सार्बजनिक

फिल्मी फण्डा। गायिका श्रृंखला जोशीको नयाँ गीत  छैन हो छैन सार्बजनिक भएको छ। चर्चित गायिका शशि रावल को शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै यु टुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन्।

हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबास बाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन।  यस अघि सिड्नी झाने रेल ,तिम्रो आबाज लगायत  गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी  छोरि हुन्। बाबा जस्तै आफ्ना गीत हरु लाइ पनि दर्शक श्रोता हरु ले माया गरि दिनु हुन्छ भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech