‘वसन्त’लाई ‘वर्ड अफ माउथ’ राम्रो, दर्शकले नै ‘वसन्त’ हेर्न गरे आग्रह

फिल्मी फण्डा। गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले सिनेमाको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।

‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग सिनेमा कनेक्ट भइरहेको छ । विषयबस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ,’ प्रकाश भन्छन्, ‘दर्शकसँग सिनेमा कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ।’

दर्शकले सिनेमाको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ सिनेमा हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले सिनेमा हेर्न आए हुन्छ ।’

नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले सिनेमा चेतनामुलक र सन्देशमुलक रहेको बताएका हुन् । दर्शकले नै सबैलाई सिनेमा हेरिदिन पनि आग्रह गरेका छन् । ‘स्टाटिङ र इन्डिङ एकदम राम्रो छ । सोचेभन्दा पनि राम्रो छ,’ एक दर्शक भन्छन्, ‘अभिनय र निर्देशन दुवै राम्रो छ । फेरि पटक पटक यस्तै सिनेमा हेर्न पाइयोस् । बाहिर राजनीतिक कन्ट्रोभर्सी भइरहेको छ, सिनेमा त्यस्तो छैन । त्यसैले त्यस्तो नहोस् ।’

सामाजिक कथाबस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो सिनेमा चल्नेवाला छ,’ सिनेमा हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको सिनेमा राम्रो छ ।’

समाजमा घटेका घटनाहरू रहेको सिनेमा राम्रो रहेको बताएका दर्शकले नै हेरिदिन आग्रह गरेका छन् । धेरै विषय समावेश गरेकाले कुनै घटनाले कसैलाई र कसैलाई कुनै घटनाले छोइरहेको निर्देशक सपूतले बताएका छन् । आफूले क्रान्ति र आन्दोलन भन्दा पनि ‘वसन्त’ मार्फत नेपाली समाज यस्तो अवस्थाबाट गुज्रिँदै आएको भनेर देखाउन खोजेको उनले बताए ।

राम्रो समाजमा केही विभेदका घटना पनि रहेको भनेर देखाउन खोजेको र त्यही नै दर्शकमा कनेक्ट भइरहेको उनले जानकारी दिए । समाजमा जसरी सुख र दुःख छ, त्यस्तै सिनेमामा पनि रुने र हसाउने कथा रहेको उनले बताए ।

नेपाल र विदेशमा एक साथ यही चैत २२ गते रिलिज एको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गरेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech