चमेली बनिन् सुरक्षा,पोइ को ? मुकुन की प्रेम चरो ?

फिल्मी फण्डा। ‘चमेलीको पोइ’ फिल्मको मुख्य कलाकारमा नारायण त्रिपाठी (प्रेम चरो) पछि हालै मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित् भएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्ने यही फिल्मबाट ‘प्रेम चरो’ को उपनामले परिचीत ६० को दशकका सर्वाधिक चर्चित हाँस्य कलाकार त्रिपाठी लामो समयको अन्तरालपछि ठूलो पर्दामा ‘कमब्याक’ गर्न लागेका हुन् । फिल्ममा उनको भूमिकाको बारे भने सस्पेन्स नै राखिएको छ ।  

नयाँ बर्ष ०८२ को पहिलो दिन शुभमुर्हतसँगै सुटिङ सुरु गरिने फिल्ममा बिल्सन बिक्रम राई (तक्मे बुढो),रबिन्द्र झा,रजनी गुरुङ,अंशु महर्जन,उमेश राई (फुलन्देकी आमा),बबिन राई (गल्फने),खड्गबहादुर पुन (खबपु),अनुश्का नारायण,मिरा गौतम,अनिल गुरुङ,गणेश गौतम,रितु मल्ल ठकुरी,धनलक्ष्मी बोहरा,मिरा आरएल शाही ठकुरी,प्रकाश कँडेल,बिनोद बज्रचार्य,कपिल आचार्य,प्रदिपकुमार सापकोटा,सुनीता सापकोटा,रामनारायण उपाध्याय र निर्देशक बोहराले समेत अभिनय गर्दैछन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धन लक्ष्मी सिने मेकर्सले निर्माण गर्ने फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय अनि कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी छन् ।

प्रदिपकुमार सापकोटा,कपिल आचार्य,यमप्रसाद ओली,यम बराल,नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको फिल्म निर्देशक बोहरा स्वयम्ले लेखेका हुन । सहलेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् ।

पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजीत बाँसकोटा,राजनराज शिवाकोटी र आशिष अबिरलको संगीत छ । यसअघि ‘कान्छा’,‘अग्नी परिक्षा’,‘मुटु;’,‘ठूली’,‘भैरे’,‘श्री’,‘हेल्लो जिन्दगी’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक बोहराको यो फिल्मको लोकेशन काठमाडौ,पोखरा र मुस्ताङ तय गरिएको छ  । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech