आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

फिल्मी फण्डा। पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ ।

निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका कार्यक्रम संयोजक कमला जोशीले बताएकी छिन ।

कार्यक्रमको समापन एक भव्य समारोहको विच बैशाखको दोश्रो हप्ता सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।

निरन्तर आठ वर्ष देखी पुर्व मेचि देखी पश्चिम महाकाली सम्म देश भित्र र देश बाहिर रहेर नेपालमा बोलीने नेपाली लगायत अन्य विभिन्न भाषा भाषीहरुमा गीत संगीत तथा भिडियोहरु तयार पार्ने श्रष्ठा तथा सर्जकहरुलाई पिम नेपालले प्रोत्साहन स्वरुप समावेशी अवार्डको आयोजना हुदै आएको आयोजकले बताएका छन् ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को लागि https://aventoz.com/event-details/67e57c293d6c0 मार्फत अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech