आइइसी डिजाइनर रनवे’को याम्पमा देखिए चर्चित सेलिब्रेटीका काटवाक स्वस्तिमा, प्रियंका, नीतिलगायत दर्जन सेलिब्रेटीले गरे फेसन शो

फिल्मी फण्डा। अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की,नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिसनेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपालसमर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् ।

शुक्रबार साँझ आयोजित १४औँ संस्करणको जोय आइइसी डिजाइनर रनवे’नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्नआकर्षक पहिरनसहित याम्पमा प्रस्तुत भएका हुन् ।जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५०डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षकडिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२सिक्वेलमा प्रस्तुत गरेका थिए ।

भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्रगान्धीको समेत सहभागिता रहेको दारबारमार्ग स्थित होटलयाक एण्ड  यतिमा आयोजना भएको शोको म्यानेजमेन्टजिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको हो । यही संस्करणको बाँकी फेसन शो शनिबार निरन्तर हुने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

शोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक हिरनका डिजाइनहरु २५ सिक्वेलमा प्रस्तुत हुनेछ । आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले आइइसी डिजाइनर रनवे’को मुख्यउद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दैउनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् ।बिगतका बर्षमा एक दिन आयोजना भएको यसबर्ष अझै भब्य रुपमा दुई दिन आयोजना गरिएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech