प्रेस चौतारी नेपालद्वारा पत्रकार समीर बलामी सम्मानित

दिपेश रोक्का। प्रेस चौतारी नेपाल केन्द्रीय समितिले पत्रकार समीर बलामीलाई सम्मान गरेको छ। संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै योगदान पुर्‍याएको भन्दै १०औँ महाधिवेशनको अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बलामीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै बलामीले संगठनप्रति आभार व्यक्त गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र महासचिव हिरामान लामालाई विशेष धन्यवाद दिए। उनले आफूले भविष्यमा पनि संगठनको हितका लागि जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रेस चौतारी नेपालका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रेस चौतारी नेपालले पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई निरन्तर सम्मान गर्दै आएको छ। पत्रकार बलामीको सम्मानलाई सकारात्मक रूपमा हेरिएको छ, जसले पत्रकारिता क्षेत्रका अन्य सदस्यहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech