फिल्मी फण्डा। सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म विशेष रूपमा बाबु-छोरीको सम्बन्ध मा केन्द्रित छ।
नेपालमा फागुन २ गते रिलिज भएको फिल्म सुरेश न्यौपानेको निर्देशनमा बनेको हो। यसमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहेको छ। ‘रंगी’ सलोन बस्नेतको डेब्यू निर्माण समेत हो।
फिल्ममा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत, र अनिश गौतम निर्माता रहेका छन्। सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन तथा दुर्गेश थापा, आमेश भण्डारी, भीम बिसीको संगीत रहेको छ। गीतहरूमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसी लगायतका कलाकारको स्वर छ।
फिल्मको सम्पादन बन्दे प्रसाद, कलर राजेन्द्र मोक्तान, कोरियोग्राफी कविराज गहतराज र शिशिर खाती, तथा प्रोडक्सन केवलमान सिंह बस्नेतले सम्हालेका छन्। नेपालमा यस फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले गरेको छ।