दिपेश रोक्का । नेपाली फिल्म ‘पिताम्बर’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रमुख अभिनेता सौगात मल्ल फरक अवतारमा प्रस्तुत भएका छन्। "म हो पिताम्बर" लेखिएको पोस्टरमा उनलाई सेतो सर्ट, कालो चस्मा, र जुँगासहित दमदार लुक्समा देख्न सकिन्छ। हातमा सुटकेस बोकेका मल्लको पछाडि आगलागी र भग्नावशेषको दृश्य देखिन्छ, जसले चलचित्रको एक्सनप्रधान शैलीलाई दर्शाउँछ।
कृष्ण चौलागाईं निर्देशित चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, गौरव विष्ट, र विशाल पहारी को अभिनय रहेको छ। चलचित्रलाई विशाल चौलागाईं ले निर्माण गरेका हुन्।
निर्माण टिमका अनुसार फिल्म चैत २९ गते प्रदर्शन हुने छ। सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ भने निर्माण पक्षले ट्रेलर चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।