बिक्रम बुढाथोकीलाई सर्वोत्कृष्ट मोडलको अवार्ड

फिल्मी फण्डा। नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम बिक्रम बुढाथोकीले सर्वोत्कृष्ट मोडलको अवार्ड पाएका छन् । ‘पाँचौं एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनले गायक प्रमोद खरेलको आवाजमा रहेको चर्चित गीत 'कस्तो थिए, कस्तो भए, हेर मलाई' बाट उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन् ।
शनिबार भक्तपुरमा आयोजित भब्य समारोहकाबीच मोडल बुढाथोकीले यो अवार्ड ग्रहण गरेका हुन् । 

पछिल्लो समय अत्यधिक व्यस्त र लोकप्रिय मोडलको रूपमा स्थापित बुढाथोकीले अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै भने, 'यहाँहरूले दिनुभएको माया र साथकै कारण यो अवार्ड जित्न सफल भएको छु। मलाई सदैव हौसला दिने मेरा दर्शक, शुभचिन्तक, तथा सम्पूर्ण टिमलाई यो अवार्ड समर्पित गर्न चाहन्छु। साथै, कार्यक्रमका आयोजकहरूप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु।'
उनको अभिनय तथा मोडलिङलाई दर्शकहरूले निकै रुचाउने गरेका छन्। दर्जनौं म्युजिक भिडियोमा आफ्नो सशक्त उपस्थिति जनाइसकेका बिक्रम बुढाथोकी अब नेपाली मोडलिङ क्षेत्रकै एक स्थापित नाम बनेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech