फिल्मी फण्डा । गायक, नायक तथा संगीतकार यस कुमारको निर्माण तथा अभिनय रहेको 'सुस्तरी' बोलको म्युजिकल फिल्म सार्वजनिक भएको छ । काठमाण्डौं स्थित एक फिल्म हलमा भब्य कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरीएको हो ।
भिडियोमा फुटपाथ ब्यापारी र महानगर प्रहरी बिचको प्रेमलाई देखाइएको छ । कसरी एक फुटपाथ खाली गराउने सच्चा प्रहरीको नियम मिचेर ब्यापार गर्ने युवती सँग प्रेम हुन्छ त ? त्यसको लागि भिडियो हेर्नु पर्ने हुन्छ ।
भिडियोमा यस कुमारको अलावा अनु थापा, राजेश घतानी, पन्छि तामाङ र अनिता लामाको मुख्य तथा सहायक भुमिका रहेको छ । भिडियोमा यस कुमारकै स्वर संगीत र शब्द, अन्नु चौधरीको स्वर, निकेश खड्का को निर्देशन सि के बाच्छाको एरेन्ज र साजन साहको मिक्सिङ रहेको छ ।