सञ्चारकर्मी दिपक कुमालको 'भो फुपै लाउदिन' बोलको तिज गित सार्वजनिक

फिल्मी फण्डा । सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको तिज गित सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोल्को गित सार्वजनिक गरेको हो ।

364404456_256888660607729_4675699778416516693_n.jpg

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएकोमा कार्यक्रममा बोल्दै पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिकरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताए । ‘तिज पर्वको जुन मर्म थियो, त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ, त्यसैले तिजलाई कसरी सामान्य रुपमा मनाउने र संस्कृती संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गितले केही सन्देश दिएको छ, अध्यक्ष केसीले भने( परम्परा देखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कने एउटा महत्वपुर्ण माध्यमको रुपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरुलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपुर्ण काम भएको भन्दै चर्चा गरे । ‘कला संगीत र यस क्षेत्रको संस्कृती संरक्षणका लागि यो महत्वपुर्ण कदम हो, उनले भने,‘कला गित संगीत र संस्कृतीसगं पहिचान जोडिएर आउने भएकोले यस गितका लय शब्दले यस क्षेत्रको पहिचान दिनेखालका प्रस्तुतीहरुले सिंगो राप्ती क्षेत्रलाई चिनाउन मद्धत गर्नेछ ।
कार्यक्रममा साहित्यकार एवं पत्रकार बसन्त विवस आचार्यले तिज गितले ठुलो भाब बोकेको र यसले दुईवटा पुस्ताको द्धण्द्धलाई देखाउन खोजिएको बताए । उनले यस गितले निम्न वर्गमा मान्छेहरु पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिएको तर्क गरे । उक्त तिज गितमा टीका पुनको स्वर रहेको छ । गितको भिडियोमा मोडेल आरुसी मगर र मनकुमारी विक लगाएतको अभिनय रहेको छ । दिपक कुमालको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गरेका हुन । चलचित्र पत्रकार सघं दाङ शाखाका कोषाध्यक्ष भुपेस वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech