गायक भरत समारी र सन्तोष रानाको नयाँ गीत ‘हातको रेखामा’ को टिजर सार्वजनिक

दिपेश रोक्का। गायक भरत समारी र सन्तोष रानाको नयाँ गीत ‘हातको रेखामा ’ को टिजर सार्वजनिक  भएको छ।

राजधानी स्थित मनासलु कलेज र काठमाडौ मोडल कलेजको परिसरमा गितको छायांकन गरिएको थियो। यो गीतमा भरत समारीको शब्द र संगीतमा तयार भएको हो, जसमा सन्तोष रानाले साथ दिएका छन्।

गीतको निर्देशन समेत भरत समारी र सन्तोष रानाले नै गरेका हुन्। भिडियोमा मोडल आशिष् बोगटी, अपेक्षा पोखरेल, महेन्द्र शाही, सुजन सापकोटा, प्रनिस कोइराला , असिम पोखरेल , सौरहब अधिकारी , सुप्रीयम बोगटि  र मनासलु कलेजका विद्यार्थीहरूको अभिनय रहेको छ।

प्रेम  तथा बिछोडको पिडालाई प्रस्तुत गरिएको यस गीतको भिडियोलाई  सुजन सापकोटाले  छायांकन गरेका हुन् भने भरत समारीको कोरियोग्राफी छ । 
भिडियो फाल्गुन २ गते, भ्यालेन्टाइन डेको अवसरमा, भरत समारीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech