फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक

फिल्मी फण्डा। दर्शकहरूले प्रतिक्षा गरिरहेको फिल्म 'पिताम्बर'को नयाँ गीत 'म त फ्यान भए यार' सार्वजनिक गरिएको छ। यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् भने आनन्द अधिकारीले शब्द लेखेका छन् र संगीत आशिष अविरलले दिएका छन्।

फिल्मका मुख्य कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको यो गीतमा जोडीको उत्कृष्ट प्रस्तुति देख्न सकिन्छ, जुन तराईको लोकेसनमा छायांकन गरिएको छ। कोरियोग्राफर कविराज गहतराजले सय बढी कोरसमा प्रदीप र दिव्याको नृत्यलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। विशेष गरि दर्शकहरूले प्रदीपलाई पहिलो पटक कोरससहित नृत्य गरेको देख्न पाउनेछन्।

विशाल चौलागाईंका अनुसार, यो गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो। छायांकनको क्रममा झण्डै ६ हजार स्थानीय मानिस भेला भएका थिए र सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरिएको थिएन। 

फिल्म 'पिताम्बर'को यो गीत बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म आगामी चैत २९ गते रिलिज हुने बताइएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech