भवसागर म्युजिकको हिन्दी गीत 'बस तेरा' सार्वजनिक

फिल्मी फण्डा । बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै  आइरहेको अग्रणी कम्पनी भवसागर इन्टरटेन्टमेन्टले पछिलो समय हिन्दी गीतको निर्माणमा  पनि उत्तिकै ध्यान दिन थालेको छ।

केहि समय अघि हिन्दी गीत ‘तस्बिर’ल्याएको भवसागरले अहिले ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर अर्को रोमान्टिक हिन्दी गीत  'बस तेरा' रिलिज गरेको हो ।अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीतमा तयार  'बस तेरा' गीतमा सुरेश लामा र ममता गुरुङको स्वर रहेको छ ।गीतलाई

उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
रमेश बिश्वकर्मा र जुना कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियो मार्फत नेपाल बाहिरका धेरै दर्शक माझ पुर्याउन भिडियोको छायांकनस्थललाइ बिशेष ध्यान दिएको छ    

 भिडियोलाई मुस्ताङ्ग जिल्लाको उच्च हिमाली लोकेसनमा छायांकन गरिएको छ । केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा भिडियोमा नवराज उप्रेतीको  सिनेमाटोग्राफी , मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त मानिने  'बस तेरा' गीतका म्युजिक डाइरेक्टर शंकर थापा ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech