यस्तो छ नेपालमा खिचिएको ‘उचाई’

फिल्मी फण्डा । नेपालमा समेत छायाँकन गरिएको बलिउड फिल्म ‘उचाई’ यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । सगरमाथाको आधार सिविरसम्म पुगेर खिचिएको बलिउड फिलम उचाई कस्तो छ त ?

uchai.jpg

“लक डाउन पछिको बलिउडले बनाएको सबैभन्दा बेस्ट मुभी”, नेपालका स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले शुक्रबार उचाई हेरेपछि आफ्नो फेसबुक वालमा लेखेका छन् । यस्तै बलिउडका विश्वासिल समिक्षाक तरण आदर्शले पनि ‘उचाई’को प्रशंसा गरेका छन् । ‘मनछुने फिल्म’ भन्दै दरणले ‘उचाई’ लाई पाँचमा साढे तीन अंक दिएका छन् ।

सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, नेना गुप्ता, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । यो फिल्मले ४ साथीको मित्रताको कथा भन्छ । विशेषगरि, डेनीले नेपालको सगरमाथाको वेसक्याम्पसम्म पुग्न देखेको सपनालाइ तीन साथीहरुले पुरा गरेको यात्रालाई रोचक तरिकाले देखाइएको छ ।

फिल्मको क्लाइमेक्समा नेपालको झण्डालाई समेत देखाइएको छ । ‘उचाई’ले नेपालको सगरमाथालाई विश्व बजार सुन्दर तरिकाले प्रस्तुत गरेको शुक्रबार आयोजित विशेष शोमा सहभागीको प्रतिक्रिया छ ।  
    
 
  
  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech