फिल्म ‘लाज शरणम’ को टिजर सार्वजनिक, वैदेशिक रोजगारीको कथा

फिल्मी फण्डा ।अगामी फाल्गुन १४ अर्थात शिवरात्रीको दिन देखी प्रदर्शनमा आउन लागेको फिल्म  'लाज शरणम'को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सीताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन्। उपल्लो डोल्पाका एक युवक विदेश जान खोज्दै गर्दा देखाइएको कफिनले कथा रोचक मोड लिने संकेत गर्छ। फिल्म वैदेशिक रोजगारी र युवाको संघर्ष मा केन्द्रित छ।

कुमार कट्टेल ‘जिग्री ब्रो’ निर्देशित फिल्ममा ‘सक्किगो नि’ का कलाकारहरू अर्जुन घिमिरे पाँडे, सागर लम्साल बले, हरिष निरौला क्रकोज, प्रियाना आचार्य लगायतका कलाकार छन्। त्यस्तै, अर्पण थापा, विजय बराल, कमलमणि नेपाल, विजय लामा, माला लिम्बु जस्ता चर्चित कलाकारको अभिनय रहेको छ।

फिल्मको छायांकन सुदीप बरालले गरेका छन् भने निर्माता नवीन श्रेष्ठ र सह(निर्माता रामनरेश साह, सृजना खड्का छन्। ‘लाज शरणम’ यस वर्षको प्रतीक्षित फिल्म मानिएको छ।

 

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech