गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’

फिल्मी फण्डा । गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्। 

गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ।

गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। 

गायिका लामाले यो वर्ष मात्रै दर्जनौं गीत सार्वजनिक गरेकी छन् । उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ जस्ता गीत चर्चित छन्। 

https://www.youtube.com/watch?v=QDKI-yIG3bE

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech