फिल्मी फण्डा । तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम लोच्छारलाई समर्पित गर्दै ‘सोनाम लोच्छार मेलामा’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक सानोबाबु मुक्त्तान र गायिका रजनी लामाको सुमधुर स्वरले सजिएको यो गीतमा उत्सव सुब्बा लामाले शब्द र संगीत भरेका छन्। संगीत संयोजन राजु खड्काले गरेका छन्।
भिडियोमा अनुपमा तामाङको निर्देशन, अजय वाइबाको छायांकन र सम्पादन तथा सजना थापाको कोरियोग्राफी देख्न सकिन्छ। रमेश कुमार रिजाल, सपना तामाङ, सबिन मोक्तान र अनुपमा तामाङको अभिनयले भिडियोलाई अझ आकर्षक बनाएको छ।
थाहा नगरपालिका, ओखरगाउँको प्राकृतिक सुन्दरताबीच छायांकन गरिएको यो भिडियो तामाङ संस्कृतिलाई जीवन्त बनाउने प्रयास हो। गायक सानोबाबु मुक्त्तानले यो प्रस्तुति सबै दर्शकको मनमा बस्ने विश्वास व्यक्त गरेका छन्।
गीत एसएस इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।