फिल्मी फण्डा । तमिल फिल्म 'लियो'बाट सञ्जय दत्तको लुक्स सहितको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सञ्जय निकै खतरनाक अवतारमा प्रस्तुत हुँदै छन् । उक्त भिडियोमा सञ्जयलाई एक ग्याङ स्टारको रुपमा चित्रण गरीएको छ । तमिल सुपरस्टार विजयको मेगा प्रोजेक्टको रुपमा हेरिएको लियोमा सञ्जय दत्तले खलनायकको भुमिकामा काम गर्दै छन् । उक्त फिल्ममा सञ्जय एन्थोनी दासको भुमिकामा देखिँदै छन् । टिजरमा अनिरुधको ब्याकराण्ड म्युजिक गजबको रहेको छ, सञ्जयको क्यारेक्टरमा उक्त म्युजिक फिट भएको छ ।
स्टार निर्देशक लोकेश कनकराजको निर्देशनमा बनेको उक्त फिल्म आगामी अक्टोवर १९ मा हिन्दी तेलुगु लगायतको भाषामा विश्वव्यापी प्रदर्शन हुँदै छ । लियोलाई तमिल फिल्म इतिहासमै '२.०' पछिकै सबैभन्दा धेरै स्क्रिनमा प्रदर्शन गर्ने तयारी भैरहेको छ । सम्भवत विजय र लोकेशको करियरको सबैभन्दा ठुलो फिल्म हो लियो । फिल्ममा सञ्जय र विजयको अलावा तृषा, प्रिया आनन्द, अर्जुन सर्जा लगायत कलाकारको मुख्य तथा सहायक भुमिका रहेको छ ।