फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक

फिल्मी फण्डा । अगामी फाल्गुन ९ गते देखी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तान्डवम्’ को टिजर सार्वजनिक भएको छ। ५७ सेकेन्ड लामो टिजरले सिनेमाको थिम र कथाबारे झलक दिन खोजेको छ। फिल्मलाई कलरिष्ट तथा निर्देशक जुनिक गहतराजले  निमार्ण तथा निर्देशन गरेका हुन् । 

टिजरको प्रारम्भ प्रमुख कलाकार अंकित खड्काको संवादसँग हुन्छ, र अन्त्यमा जुनिम गहतराजको एकदमै प्रभावशाली संवाद ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ले सिनेमाको माहोललाई झल्काउँछ। यो संवादले दर्शकको चासो र जिज्ञासा थप बढाएको छ। डार्क थिममा तयार पारिएको यस टिजरले प्रमुख पात्रहरूको अभिनयमा पनि जोर दिएको देखिन्छ।

सिनेमाको कथा एक नव विवाहित जोडीको जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावलाई चित्रित गर्छ। पारिवारिक र एक्सन थ्रिलर जनरामा तयार पारिएको यो सिनेमामा अंकित खड्का र जुनिक गहतराजका साथ पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवाल जस्ता लोकप्रिय कलाकारहरूको अभिनय देख्न पाइनेछ।

महाशिवरात्रिको अवसरमा फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा सिंहदेवी प्रोडक्सन र भिजुअल आर्ट्स स्टुडियोको सहकार्य रहेको छ। सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, हरि घले लामाको छायांकन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक सुनिन्छ। सिनेमाको कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech