के स्मारिका र शिव कैलाश प्रेममा छन् ?

फिल्मी फण्डा । सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक  गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ। 

सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। स्मारिकासँग गायक स्वयमको अभिनजय रहेको मनका कुराको एरेन्ज आकाश नेपाललीले गरेका हुन्। 

रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो।  

चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची राख्ने व्यक्त्तिव हुन्। कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन्। साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन्। आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech