'सारंग' को ट्रेलर सार्वजनिक, परिवारको द्वन्द्वले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण

फिल्मी फण्डा । आगामी माघ २५ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म 'सारंग' को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट २३ सेकेन्ड लामो यो ट्रेलरले पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण गरेको छ।

रिचा शर्माले आमाको भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छन्। ट्रेलरमा पारिवारिक विवाद र बाल कलाकारहरूको प्रभावशाली अभिनयलाई प्रमुखताका साथ देखाइएको छ।

प्रशान्त तामाङले लेखन र निर्देशन गरेको यस फिल्ममा उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बाल कलाकार सम्राट थापा र आदित्य कार्की लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्। सहनिर्मातामा पुष्पा लिम्बू र बिनु गुरुङ रहेका छन्। फिल्ममा शंकर थापा 'स्माइल' र नकुल कार्कीले संगीत दिएका छन् भने सुष्मा राईले कोरियोग्राफी गरेका छन्। छायांकन गोपाल रायले र सम्पादन मित्र डी गुरुङले गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech