फिल्मी फण्डा । नेपाली फिल्म 'मिसिङ: केटी हराएको सूचना' आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। बुधवार ललितपुरको लाबिम मलमा यो चलचित्रको भव्य प्रिमियर शो आयोजना गरिएको थियो। प्रिमियरमा उपस्थित सिनेकर्मीहरूले कथावस्तु, कलाकारहरूको अभिनय, निर्देशन, र प्राविधिक पक्षको प्रशंसा गरे।
ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा बनेको यस चलचित्रको लेखन र निर्देशन दीपेन्द्र गौचनले गरेका हुन्। चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्ण लगायतका कलाकारहरूको अभिनय रहेको छ।
कार्यकारी निर्माता नकिम उद्दिन रहेका यस चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता रहेका छन्। सहायक निर्मातामा अमितेष शाह रहेका छन्। कथा र लेखन दीपेन्द्र गौचन, सहायक लेखन अमित पोखरेल र अमितेष शाह, र स्क्रिप्ट सुपरविजन अमित पोखरेलको रहेको छ।
छायांकन अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। द्वन्द्व निर्देशन शंकर महर्जनले, संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले दिएका छन्। गीतका शब्द दीपेन्द्र गौचन, अमितेष शाह र करुण थापाले लेखेका छन् र स्वर सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार, र इन्दिरा जोशीले दिएका छन्। कोरियोग्राफी रामजी लामिछाने र राजीव कर्णले गरेका छन्।
डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको यस सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।