‘द भ्वाइस अफ नेपाल’ सिजन ६: नयाँ सुरुवात, नयाँ कोचहरूका साथ

फिल्मी फण्डा । यो वर्षको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ६ को विशेष प्रिमियर कार्यक्रम सम्पन्न भएको छ। बानेश्वरस्थित आइएनआई हल एनबी सेन्टरमा आयोजित यो कार्यक्रममा शोसँग सम्बन्धित प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।

हिमालय टिभी एचडीमा प्रसारण हुने यस शोको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ। प्रिमियरमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, शोका निर्देशक श्याम कँडेल, कोचहरू राजु लामा, खेम सेन्चुरी, होस्ट सुशिल नेपाल र निर्देशक लक्ष्मण पौडेल सहभागी थिए।


यस पटक लोक क्षेत्रबाट खेम सेन्चुरी कोचको रूपमा देखिनुहुनेछ। कोच राजु लामाले आफ्नो अनुभव साझा गर्दै सुरुमा नर्भस भए पनि अहिले उत्साहित रहेको बताए। सिजन ६ मा पनि ब्लक्ड नियमू कायम छ, जसले कोचहरूबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनेछ।

प्रिमियरको प्रमुख आकर्षण थियो ब्लाइन्ड अडिसनको पहिलो एपिसोड। नेपालका विभिन्न भाग र विदेशबाट आएका १२० प्रतिभाले यस राउन्डमा प्रतिस्पर्धा गरेका छन्। यो अडिसनको छायांकन सम्पन्न भइसकेको छ, र आगामी चरणहरूमा ब्याटल राउन्ड सुरू हुनेछ।

यो सिजनमा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राईले कोचको भूमिका निर्वाह गर्नेछन्। निर्देशक लक्ष्मण पौडेलका अनुसार, ब्लाइन्ड अडिसनदेखि फाइनलसम्मका हरेक चरणले दर्शकलाई नयाँ उत्साह दिनेछ। ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभी एचडीमा हेर्न सकिनेछ।
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech