फिल्मी फण्डा । अभिनेत्री तथा निमार्ता कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म 'ऐंचो पैंचो'को गीत 'काले केटाले' सार्वजनिक गरिएको छ । भाद्र १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मले प्रदर्शन मिति नजिक आउँदै गर्दा प्रचार सामाग्रीहरु सार्वजकि गरिरहेका छन् ।
यसै सिलसिलामा 'ऐंचो पैंचो' टिमले विहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको पहिलो गीत 'काले केटाले' सार्वजनिक गरेका हुन् । गीतमा स्वस्तिमा खड्का, बर्षा राउत, कोशिश क्षेत्री ,बुद्धि तामाङ, मुकुन भुषाल, एलेक्स विश्वकर्मा, शुशिल सिटौलालगायतको अभिनय देख्न सकिन्छ ।
फिल्म 'ऐंचो पैंचोले' रोमान्टिक डान्सिङ जनरामा फिल्मको गीत सार्वजनिक गरेको छ । यस अघि फिल्मले टिजर सार्वजनिक गरेको थियो ।
फिल्ममा स्वस्तिमा र मुकुनसँगै वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ।
पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई विपिन मल्ल र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। कृषाले यसअघि इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँसु जस्ता फिल्म निर्माण गरेकी थिइन्। निर्माणसँगै निर्देशकीय यात्रामा अघि बढ्ने सोचका साथ उनले 'ऐंचो पैंचो' निर्देशन गरेको बताएकी छन् ।