सुनिता दुलालको नयाँ म्यूजिक भिडियो ओ बड्डाु सार्वजनिक, दिलीप रायमाझी र चक्र बलको साथ

फिल्मी फण्डा । विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन् । ‘तीज क्विन’, की नामले समेत परिचित लोकप्रिय  गायिका दुलालले माघे संक्रान्तीका अवसरमा मंगलबार सुदुर पश्चिमेली भाकाको देउडा गीत ल्याएकी हुन् ।


यसमा उनलाई चर्चित लोकगायक चक्र बलमे साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अञ्जली अधिकारी र चक्र बमको समेत अभिनय छ । चक्रकै  शब्द संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् ।  गायिका दुलालले यसपटकको गीत आफुले गाइरहेको भन्दा फरक शैलीको रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech