फिल्मी फण्डा । तुलसी घिमिरेको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पहाड’को टाइटल भिडियो सार्वजनिक गरिएको छ। ओजस्वी केसीको लगानीमा तयार भइरहेको यस चलचित्रले आफ्नो टाइटल भिडियोमार्फत चलचित्रको नामलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरेको छ।
माघ महिनाबाट छायांकन सुरु गर्ने यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, पञ्चमी घिमिरे जस्ता प्रमुख कलाकारहरूको अभिनय रहनेछ। तुलसी घिमिरेको लेखनमा तयार भएको यस चलचित्रको छायांकन प्रमोद प्रधानले गर्ने छन् भने संगीत रञ्जित गजमेरले दिनेछन्।
‘पहाड’ चलचित्रले जनशक्ति विदेश पलायन गर्दा पहाडका जीवन र त्यसका समस्याहरू कसरी रीतिन्छ भन्ने विषयलाई उठाउँदै समाजको संवेदनशील पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

फिल्मी फण्डा