बाल विवाहको कथा बोकेको फिल्म ‘जुना’को टिजर सार्वजनिक

फिल्मी फण्डा ।  बाल विवाहले छोरीको जीवनमा पार्ने गहिरो प्रभावलाई उजागर गर्ने फिल्म ‘जुना’ को टिजर सार्वजनिक भएको छ। माघ २५ गतेबाट प्रदर्शनमा आउने यो फिल्म सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो।

दीपक प्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशनमा बनेको यस फिल्ममा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल, र रश्मि भट्टको मुख्य भूमिका छ। टिजरमा बाल विवाहका कारण बालिकाले भोग्नुपर्ने दुःख र पीडालाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।

फिल्मले विभिन्न स्थानमा च्यारिटी शोमार्फत दर्शकहरूमाझ गहिरो प्रभाव छोडिसकेको छ। कतिपय दर्शकले फिल्म हेरेपछि भावुक हुँदै आँसु थाम्न नसकेको र केहीलाई त गहिरो मानसिक असरका कारण अस्पताल जानुपर्ने अवस्था आएको निर्माणपक्षले जनाएको छ।

रामेश्वर हुमागाईंको उत्कृष्ट छायांकनमा बनेको यो फिल्मलाई बाल विवाहविरुद्धको अभियानको रुपमा प्रस्तुत गरिएको छ। ‘जुना’ दर्शकको मन छुने कथा र सन्देश लिएर आउँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech