‘तेल भिसा’ प्रदर्शनको ५१ औँ दिनमा

फिल्मी फण्डा । नेपाली फिल्म तेल भिसा ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्सलगायतका मल्टिप्लेक्स हलहरूमा लगातार दर्शकको साथ पाउँदै आएको छ।

निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता ऋचा घिमिरेले दर्शक तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै फिल्मलाई यहाँसम्म पुर्‍याउन सकिएकोमा खुशी व्यक्त गरेका छन्।

फिल्ममा विपिन कार्कीले दोहोरो भूमिकामा अभिनय गरेका छन्। उनीसँगै वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ र विदेशी कलाकारहरूको पनि अभिनय रहेको छ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र आशिष अविरलको संगीत रहेको छ। तेल भिसा ले दक्षिण भारतीय फिल्म पुष्पा २ को प्रभावका बाबजुद दर्शकको माया पाउँदै प्रदर्शन जारी राखेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech