‘१२ गाउँ २’ निर्माणका लागि विराज भट्टले लिए अनुमति

फिल्मी फण्डा । निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टले आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिएका छन्। पुस ११ गते ‘१२ गाउँ २’ शीर्षकमा अनुमति लिएको फिल्मको बजेट एक करोड रुपैयाँ रहेको छ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा र निर्देशन स्वयम् विराजले गर्नेछन्। मुख्य कलाकारमा विराज भट्ट, उनका छोरा समीर भट्ट र सनिशा भट्टराईको नाम समावेश छ।

चलचित्र विकास बोर्डका तथ्यांकअनुसार, ‘१२ गाउँ’को पहिलो भागले बक्स अफिसमा २० करोड रुपैयाँ हाराहारी कमाइ गरेको थियो। यसै सफलताले प्रेरित भई विराजले दशैंको समयमा दोस्रो भाग निर्माणको घोषणा गरेका थिए।

पहिलो श्रृंखलाबाट डेब्यु गरेकी पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको नाम भने दोस्रो भागको कलाकार सूचीमा समावेश गरिएको छैन।

स्रोत :- अनलाइन खबर

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech