'होस्टेल ३' को दोस्रो पोस्टर सार्वजनिक

फिल्मी फण्डा । आगामी फागुन २३ गतेबाट रिलिज हुने नेपाली चलचित्र 'होस्टेल ३' को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका सबै प्रमुख कलाकारहरूलाई समावेश गरिएको छ। यसअघि पहिलो पोस्टरमा चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा देखाइएको थियो। नयाँ पोस्टरमा यी कलाकारहरूसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीलाई पनि राखिएको छ। राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन्।

'होस्टेल ३' ले क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ। नेपालमा रिलिज हुने यो चलचित्र अन्य विभिन्न देशहरूमा पनि प्रदर्शन हुने तयारीमा छ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो। निर्माताहरूमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी, कार्यकारी निर्माता शङ्कर कोइराला, सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल छन्। लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्। 

चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ। अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, यमप्रसाद ओली प्रोडक्सन डिजाइनर, संगीत अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको, सम्पादन विकास दाहाल, कोरियोग्राफी प्रवीण सिंह र रोशन विश्वकर्माको, र द्वन्द्व निर्देशन हिमाल केसीको रहेको छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

'होस्टेल' र 'होस्टेल रिटर्न्स' को सफलतापछि निर्माण भएको यो शृङ्खलाले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ। यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech