'मिसिङः केटी हराएको सूचना' को नयाँ ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म 'मिसिङः केटी हराएको सूचना' को नयाँ ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको यो ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको यात्रा र उनीहरूको अनुभव समेटिएको छ। ट्रेलरले पहाडी–मधेशी मेलमिलापको कथा उजागर गरेको छ।

फिल्ममा नाजिरले रामको भूमिका र सृष्टिले सीताको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा सार्वजनिक भएको 'सपनीमा' गीतका फुटेजहरू पनि समावेश छन्।

ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म ३२ वर्षअघि बनेको 'उजेली' का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्माण टोलीमा कार्यकारी निर्माता नकिम उद्दिन, सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा आदि छन्। दीपेन्द्र गौचनले लेखन र निर्देशन गरेका यो फिल्मको स्क्रिप्ट सुपरभिजन अमित पोखरेलले गरेका छन्।

चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व रहेको छ। संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको रहेको छ भने गायन सितुसित बस्नेत, रोहित जोन क्षेत्री आदि छन्। 

डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको यो फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech