'फिरफिरे फिरिरी' को हाँस्य हरर ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । चलचित्र 'फिरफिरे फिरिरी' को हाँस्य र हरर मिश्रित ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक भएको हो। लगभग ३ मिनेट लामो यो ट्रेलरले गाउँमा बस्ने चार युवकहरूको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न हास्यास्पद परिस्थितिहरूलाई देखाउँछ।

ट्रेलरले फिल्मले हररमा पनि नयाँ स्वाद दिने संकेत गर्छ। यो चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउनेछ, र नविन भट्टले निर्देशन गरेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार मनोज अधिकारीले चलचित्र फरक कथावस्तुमा र नौलो शैलीमा निर्माण गरिएको बताएका छन्।

फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, र पुष्प अवस्थी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले मिलेर फिल्मको स्क्रिप्ट लेखेका हुन्।

मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन्। फिल्ममा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत, र अनन्त घिमिरेको सम्पादन रहेको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा बनेको यो फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्नेछ। साथै, फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech