बाल विवाह र महिला हिंसाविरुद्धको अभियान: ‘जुनाः एक व्यथा’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक

फिल्मी फण्डा । बाल विवाह र महिला हिंसा अन्त्यको सन्देश बोकेको फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। जीवन सेञ्चुरीको निर्देशनमा बनेको यो फिल्म माघ २५ गते प्रदर्शन हुनेछ।

पोस्टरमा मुख्य कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई विशेष भावमा देखाइएको छ। अस्मिता निराश मुद्रामा छिन् भने कृष्ण रिसाएको रुपमा प्रस्तुत छन्।

फिल्मले बाल विवाह र महिला हिंसाजस्ता सामाजिक कुप्रथाविरुद्ध आवाज उठाउँदै “बाल विवाह अन्त्य गरौं” भन्ने सन्देश दिन्छ। निर्देशक सेञ्चुरीका अनुसार यसले सरकारको सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई समर्थन गर्नेछ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यो फिल्ममा अस्मिता र कृष्णसँगै देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, र खगेन्द्र न्यौपानेको अभिनय छ। फिल्मको कथा राजबहादुर साने, संगीत बीबी अनुरागी र रमेश सेञ्चुरी, र छायांकन रामेश्वर हुमागाईंले गरेका हुन्।

फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीले गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech