"मदन घिमिरेको ‘एक्टर’ फिल्म माघ ५ बाट प्रदर्शनमा, ट्रेलरले बनायो उत्साहको माहोल"

फिल्मी फण्डा । मदन घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा  छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा, निर्माण युनिटले यसका प्रेम, रोमानी, थ्रिलर, र सस्पेन्स दृश्यहरूको ट्रेलर सार्वजनिक गरेको छ, जसले दर्शकहरूको उत्सुकता बढाएको छ।

फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली जस्ता प्रमुख कलाकारहरूको अभिनय देख्न पाइन्छ। सम्राट थापाको कथा र सङ्गीत रहेको यस फिल्मलाई टीभी पत्रकार मनोहरि थापाले निर्माण गरेका छन्।

यस फिल्मको द्वन्द्व सम्राट बस्नेतले निर्देशन गरेका छन् भने युवराज राई र डम्बर राईले छायांकन गरेका छन्। फिल्म नेपाल डायस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech