फिल्मी फण्डा । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत 'अस्ति भन्दा हिजो' को भिडियो हालै सार्वजनिक भएको छ। गीतमा संगीतकार दीपक शर्माले संगीत रचना गरेका छन्, र भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ।
यस गीतको सङ्गीत निकै मधुर र आकर्षक बनेको छ। किशोर मनोविज्ञानमा आधारित रहेर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्। सम्राट न्यौपानेले गीतको संगीत संयोजन गरेका छन्।
गीतकार सुमनका अनुसार, यस गीतले किशोरावस्थामा प्रवेश गर्दै गर्दा बालकहरूको शारीरिक र मानसिक विकासका परिवर्तनहरू र त्यससँग जडित जिज्ञासा र उत्साहलाई व्यक्त गरेको छ।
यस गीतको भिडियोलाई बालकलाकार सम्राट फिचर्डले एक्लैले अभिनय गरेका छन्। सम्राटले यस गीतमा किशोरहरूको भावनालाई सजीव बनाएको अनुभव सुनाउँदै, यस गीतमा अभिनय गर्न पाउँदा आफूलाई गर्व महशुस भएको बताएका छन्।
सम्राट, जो १४ वर्षका छन्, यो गीतको भिडियो उनका लागि १४ औं भिडियो हो। उनले पाँच वर्षको उमेरबाट अभिनय यात्रा शुरू गरेका थिए, र त्यसपछि निरन्तर मोडलिङ गर्दै आएका छन्।
अमेरिकामा ८ वर्षदेखि बसोबास गर्दै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो र लघु चलचित्र निर्देशनमा पनि निरन्तर काम गर्दै आएका छन्। यस गीतको भिडियोलाई केन्टकी राज्यका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको हो, र निर्देशक सुमनका अनुसार दर्शकहरूले यसलाई अत्यन्त मन पराएका छन्।