‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड

फिल्मी फण्डा । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले सोमबारसम्म विश्वभर एक हजार ५०० करोड भारुको आँकडा पार गर्ने निश्चित छ । फिल्मले ११ दिनसम्म विश्वव्यापी एक हजार ४०० करोड भारु कमाइसकेको छ ।

सोमबार फिल्मको कमाइमा उल्लेखनीय गिरावट देखिएपनि यसको कलेक्सन भारतभर ३० करोड नेट नजिक छ, जुन ऐतिहासिक हो । सुकुमार निर्देशित यो फिल्म डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । अहिलेसम्म सर्वाधिक कमाउने सर्वकालीन भारतीय फिल्मको तेस्रो स्थानमा यो फिल्म सूचीकृत भइसकेको छ ।

ट्रेन्डलाई विश्लेषण गर्ने हो भने फिल्मले तेलुगु संस्करणमा भन्दा हिन्दीमा राम्रो कमाइ गरिरहेको छ । सोमबार भारतमा मात्र फिल्मले २७.७५ करोड भारु कमायो । यो कलेक्सनमा हिन्दी संस्करणको मात्र २१ करोड भारु छ । तेलुगुले ५.४५ करोड भारु र तमिलले एक करोड भारु कमाए ।

१२ दिनसम्म मात्र भारतभर फिल्मले ९२९.९५ करोड भारु कमाएको स्याकनिल्कले जनाएको छ । जसमा हिन्दी संस्करणमा ५७३.१ करोड भारु र तेलुगमा २८७.०७ करोड भारु नेट कलेक्सन भएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech