फिल्मी फण्डा । सुपरस्टार महेश बाबुकी छोरी सितारा घटामनेनी एक ज्वेलर्स कम्पनीको विज्ञापनमा देखिइन् । उनको उक्त विज्ञापन सामाजिक सञ्जालमा भाइरल पनि भयो । धेरैले सिताराको खुलेर तारिफ गरे । ११ बर्षिय सितारा उक्त विज्ञापनमा अत्यन्तै सुन्दर देखिएकी थिइन् । उनको उक्त विज्ञापन अमेरिकाको टाइम्स स्क्वायर मा समेत देखाइएको थियो ।
अहिले सितारा उक्त विज्ञापनमा उनले लिएको पारिश्रमिकको कारण थप चर्चामा रहेकी छिन्। तेलुगु मिडियाको अनुसार सितारले आफुले पाएको सबै पारिश्रमिक दान दिने भएकी छिन् । उनले आफ्नै पिता महेश बाबुको पदचाप पच्छ्याउँदै उक्त निर्णय लिएकी हुन् । उनका पिता महेश बाबु पनि आफुले कमाएको अधिकांश रकम दान दिने गर्छन् । उनले एक हस्पिटलमा मुटुको समस्या भएका बालबच्चाहरूको उपचार गर्न सहयोग गर्दै आएका छन् । जसले गर्दा २००० बालबच्चाले नयाँ जिवन पाएका छन् । महेशले आन्द्र प्रदेशको २ गाउँको सम्पुर्ण जिम्मेवारी समेत उठाएका छन् । त्यसैले सिताराले आफ्नै पिताको पदचाप पच्छ्याएको भन्दै उनको तारिफ भैरहेको छ ।