अल्लु अर्जुनलाइ हिरासतमा राखे पछि रश्मिकाले भनिन, 'सबै दोष एउटै व्यक्तिलाई थोपरेको देख्दा पीडादायी’

फिल्मी फण्डा ।  ‘पुष्पा २’ को स्क्रिनिङमा भागदौडमा एक महिलाको मृत्यु भएपछि साउथका सुपरस्टार अल्लु अर्जुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य परीक्षण पछि उनलाई अदालतमा पेश गरिएको थियो, त्यसपछि अदालतले उनलाइ १४ दिन हिरासतमा राख्न आदेश दिएको छ। 


यसैबीच, फिल्ममा अभिनेताकी पत्नीको भूमिका निर्वाह गरेकी रश्मिका मन्डन्ना पनि उनको समर्थनमा निस्किएकी छन् । अभिनेत्रीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट सेयर गरेकी छिन् ।

वास्तवमा रश्मिका मन्डन्नाले सोशल मिडियामा अल्लु अर्जुनलाई आफ्नो समर्थन देखाएकी छिन्। अभिनेत्रीले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा भावुक नोट लेखेकी छिन् ।अभिनेत्रीले लेखेकी छन्,  ‘मैले के देखिरहेको छु । पत्याउनै सकिएन। दुर्घटना पक्कै दुखद छ तर सबै दोष एउटै व्यक्तिलाई यसरी थोपरेको देख्दा झन् पीडादायी हुन्छ । यो अवस्था पनि हृदयविदारक छ । रश्मिकाको यो पोस्ट तिब्र गतिमा भाइरल भइरहेको छ ।

अल्लु अर्जुनलाई प्रहरीले आज शुक्रबार बिहान हैदराबादस्थित उनको घरबाट पक्राउ गरेको हो । त्यतिबेला अभिनेता नास्ता खाइरहेका थिए । यस क्रममा उनकी पत्नी स्नेहा रेड्डी पनि उनको साथमा देखिएकी थिइन् । जसमा उनका फ्यानहरुले निकै असन्तुष्टि जनाएका छन् ।

‘पुष्पा २’ यसै महिना अर्थात् ५ डिसेम्बरमा रिलिज भएको थियो । फिल्ममा रश्मिका मन्डन्ना पनि थिइन् । जसले आफ्नी श्रीमतीको भूमिका निभाएका थिए । फिल्ममा फहद फासिल पुलिस अफिसर बनेका छन् । फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको थियो । अहिलेसम्म करोडौंको व्यापार गरेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech