'भूल भुलैया ४' मा फर्किए अक्षय कुमार

फिल्मी फण्डा । बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म भूल भुलैया ३ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै चौथो भाग निर्माण घोषणा गरिएको छ। भूल भुलैयाु मा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरेका थिए। दोस्रो र तेस्रो भागमा अभिनेता कार्तिक आर्यनले उनलाई रिप्लेस गरेका थिए। 

चौथो भागमा अक्षय कुमार देखिने चर्चा छ। हालै निर्देशक अनीस बज्मीले प्रतिक्रिया दिएका छन्।यदि कथाले माग्यो भने पूरा सम्भावना छ कि अक्षय कुमार हुनेु उनले भने, हामीबीच मित्रता र माया दुवै छ। यदि कहानीमा सुहाउदो भयो भने उनी फर्कनेछन्।भूल भुलैया ४ मा अभिनेता कार्तिक आर्यन अनुबन्धित भइसकेका छन्। उनी बाहेक अन्य कलाकारको बारेमा खुलासा गरिएको छैन। 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech